११ प्रतिशत ब्याज पाईने कुमारी बैंकको ऋणपत्र आजदेखि बिक्रि खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2022 | 08:29:22 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंकले भदौ १७ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले अंकित मूल्य १००० दरको ३ अर्बले हुन आउने ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको हो ।

३० लाख कित्ता मध्ये १२ लाख कित्ता सर्बसाधारणलाई र १८ लाख कित्ता ब्यतिगत तबर बाट बिक्रि हुने छ । सर्वसाधारणलाई छुट्याईएको मध्ये ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषहरुलाई छुट्याईएको छ  ।

यस ऋणपत्रमा छिटोमा भदौ २१ गतेसम्म र सो अवधिसम्म पुरै आवेदन नपरेमा ढिलोमा भदौ ३१  गतेसम्म आवेदन दिन सकिने छ  । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १२ लाख कित्ताको लागि आवेदन दिन सकिने छ। १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ११ प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

नेपाल धितोपत्र बोर्डले भदौ १ गते बैंकलाई ऋणपत्र निष्काशनको अनुमति प्रदान गरेको हो ।  बैंकले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै  असार ३१ मा बोर्डमा आवेदन दिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved