माथिल्लो मैलुङखोलाले आईपिओ निष्काशन गर्ने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2022 | 09:07:29 AM मा प्रकाशित

laxmi  sunrise bank

माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज ९ गते आइतबार धुम्बाराही स्थित अकामा होटेलमा  सभा आह्वान गरेको हो । 

सभामा कम्पनीको वित्तीय प्रतिवेदनहरु तथा वार्षिक प्रतिवेदन पारित गर्ने, पुँजी वृद्धि गर्ने, आईपिओ निष्काशनको लागि गर्नु पर्ने सबै कार्यको अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छन् । 

यो सानिमा समूह अन्तर्गतको कम्पनीको हो । कम्पनीले रसुवामा १४.३ मेगावाटको माथिल्लो मैलुङखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु : 

(क) साधारण प्रस्तावहरू:। 
१. सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल तथा निर्णय पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ साल आषाढ मसान्त सम्मको वासलात, आ.व. २०७८/७९ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तिय विवरणरसँग सम्बद्ध अनुसूचीहरू समेत छलफल गरी पारित गर्ने ।

३. आ. व. २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने ।

४. संस्थापक शेयरधनीहरूको समुह 'क' को तर्फबाट प्रतिनिधित्व गर्ने १ जना महिला सञ्चालकको नियुक्ति निर्वाचन गर्ने ।

(ख) विशेष प्रस्तावहरू:

१. कम्पनीको अधिकृत पूँजीमा वृद्धि गर्नेः

२. कम्पनीको अधिकृत पूँजी वृद्धि तथा पूँजीगत संरचनामा र सञ्चालक समितिमा परिवर्तन गर्नका लागि कम्पनीको प्रबन्धपत्रको दफा तथा नियमावलीको नियममा संशोधन गर्नेः

(ग) शेयरको सार्वजनिक निष्काशन तथा अख्तियारी सम्बन्धी प्रस्तावहरू:

१ कम्पनीको शेयरको सार्वजनिक निष्काशन (Initial Public Offering-IPO) गर्ने ।

२. आयोजना (उद्योग) प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि छुट्याईको शेयरको विक्री तथा बाँडफाँड गर्ने ।

३. कम्पनीको शेयरको सर्वाजनिक निष्काशन (Initial Public Offering-IPO) बाट प्राप्त हुने कुल रकमको उपयोग सम्बन्धी वित्तिय योजना तथा रणनीतिहरू निर्धारण गर्ने ।

४. कम्पनीको पूँजी वृद्धि तथा नियमानुसार प्रबन्धपत्र तथा नियमावलीको संशोधनको अभिलेख गर्ने, गराउने र कम्पनीको शेयरको सार्वजनिक निष्काशन (Initial Public Offeing-IPO) का लागि आवश्यक कागजात, विवरण तथा दस्तुर संलग्न राखि सम्बन्धित नियामक निकायमा निवेदन गर्न र नियामक निकाय कार्यालयले कुनै फेरवदल संशोधन परिमार्जन गर्न वा मिलाउन कुनै सुझाव वा निर्देशन दिएमा सोही अनुरूप आवश्यक कार्यहरू गर्न, गराउनका लागि कम्पनीको सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved