सिबिआईएल क्यापिटलले ल्यायो म्युचुअल फण्डमा आधारित पीएमएस योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2022 | 10:30:43 AM मा प्रकाशित

laxmi  sunrise bank

सिबिआईएल क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत नयाँ योजना 'पोर्टफोलियो अफ म्युचुअल फण्ड' सेवा सुचारु गरेको छ । यो एउटा पृथक एवम् नविनतम् अवधारणमा आधारित योजना रहेको र यसले ग्राहकहरुलाई भिन्न किसिमको लगानीको अनुभव प्रदान गर्दै कम जोखिममा उच्च प्रतिफल प्रदान गर्ने लक्ष्य लिएको क्यापिटलले जनाएको छ । 

क्यापिटलका अनुसार यस योजनाको लागि लगानी ३ लाख, न्युनतम अवधि २ वर्ष र वार्षिक सेवा शुल्क ०.५० प्रतिशत कायम गरिएको छ । यस योजना दक्ष तथा योग्य जनशक्तिद्वारा संचालित हुने, अनलाइन मार्फत दैनिक रुपमा लगानी व्यवस्थापनको प्रतिवेदन हेर्न मिल्ने, त्रैमासिक लगानी व्यवस्थापनको प्रतिवेदन उपलब्ध गराइने र सामुहिक लगानी कोषहरु तथा प्राथमिक निष्काशन (आईपिओ/अफपिओ) मा लगानी गरिने क्यापिटलले जनाएको छ।

दक्ष तथा योग्य जनशक्तिद्वारा सामुहिक लगानी कोषहरुको पोर्टफोलियो नियमित निगरानी गरी ग्राहकहरुको जोखिम प्रोफाइल, लगानी रकम र लक्ष्यका आधारमा अनुकूलित पोर्टफोलियो तयार पारि लगानी गरिने कम्पनीले उल्लेख गरेको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved