नेपाल वेयरहाउजिङ्ग कम्पनीले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा हिमालयन क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2022 | 02:55:41 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले आईपिओ निष्काशनको लागि बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले हिमालयन क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको हो ।

सम्झौतामा हिमालयन क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त र निष्कासन कम्पनी नेपाल वेयरहाउजिङ्ग कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जय मुकुन्द खनालले हस्ताक्षर गरेका छन् । नेपाल वेयरहाउजिङ्ग कम्पनीले जारी पुँजीको २० प्रतिशत बराबरले हुन आउने कुल १३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणहरुका लागि निष्काशन गर्न लागेको हो ।

नेपाल वेयरहाउजिङ्ग कम्पनी आधुनिक कृषि उत्पादनलाई सहज र सुरक्षित तवरले दिर्घकालिन रुपमा भण्डारण सेवा प्रदान गर्ने, कृषिजन्य उत्पादनहरुको लिलाम बढाबढ तथा वेयरहाउस रिसिप्ट फाईनान्सीङ्गमा समन्वय गर्ने उद्देश्यले स्थापित संस्था हो ।   कम्पनीले प्रदेश नं १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा ५५,००० मेट्रिक टनका आधुनिक साइलोहरु मार्फत कृषकहरुलाई अन्न भण्डारणको सुबिधा प्रदान गर्दै आएको छ। साथै कृषिजन्य उत्पादनहरुको लिलाम बढाबढ तथा वेयरहाउस रिसिप्ट फाईनान्सीङ्ग गर्न आवश्यक पूर्वाधार तयार गरी बैंक तथा वित्तीय संस्थाको समन्वयमा धितो बन्धक व्यवस्थापनको कार्य गर्दछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved