कुथेली बुखरी हाइड्रोको साधारणसभा आह्वान, आईपिओ निष्काशन तथा लाभांश प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2022 | 09:27:40 AM मा प्रकाशित

laxmi  sunrise bank

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज ८ गते सभा आह्वान गरेको हो ।

सभामा लाभांश पारित गर्ने, आईपिओ निष्काशन गर्ने, वित्तीय विवरण पारित गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । यस कम्पनीले ०.९९८ मेगावाटको सुस्पा बुखारी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि सन् २०१५ सेप्टेम्बर देखि विद्युत उत्पादन गरिरहेको छ ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : 

साधारण प्रस्ताव :

(१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने आ.व.२०७८/०७९ को वार्षिक प्रतिवेदनको प्रस्तति र सोको अनमोदन गर्ने सम्बन्धमा ।

 (२) लेखापरीक्षण प्रतिवेदन र आ.व. २०७४।०७९ को वार्षिक आर्थिक विवरण अन्तर्गत २०७९ साल आषाढ मसान्तसम्मको वासलात, २०७८ साल श्रावण १ गतेदेखि २०७९ साल आषाढ मसान्तसम्मको नाफा/नोक्सान हिसाव, सोही अवधिको नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तन र सोसँग सम्बन्धित सम्पूर्ण अनुसूचिहरुलाई छलफल गरी अनुमोदन गर्ने सम्बन्धमा ।

(३) आ.व.२०७९/०८०  को लेखापरीक्षण गर्न लेखापरीक्षक नियक्त गरी  निजको पारीश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

(४) संचालकज्यूहरुको बैठक भत्ता तोक्ने सम्बन्धमा ।

बिशेष प्रस्ताब :

(१) संचालक समितिको राजीनामा स्विकृती तथा संचालक नियुक्ती सम्बन्धमा।

(२) नियमावली संसोधन गर्ने सम्बन्धमा ।

(३) आ.व. २०७८/०७९ को खुद मुनाफा सहितको संचितीवाट आफ्ना शेयर धनिहरुलाई संचालक समितीको प्रस्ताव बमोजिम ८.५० प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) स्वीकत गर्ने।  

 (४) शेयरको सार्वजनिक निष्काशन बाट प्राप्त पुंजीको उपयोग सम्बन्धमा ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved