शुक्रबारको शेयर कारोबार बन्द गर्ने नेप्सेको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2022 | 01:23:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले शुक्रबार शेयर कारोबर बन्द गर्ने निर्णय गरेको छ । आज बसेको नेप्से संचालक समितिको बैठकले आगामी असोज महिनादेखि लागु हुने गरि शुक्रबार भईरहेको शेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो ।

भदौ महिनामा बाँकि रहेका शुक्रबारको दिनमा  कारोबार हुने छ । असोज महिना लागेपछि शुक्रबारको कारोबार बन्द हुने नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए ।

सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेपछि शेयर बजारमा सोमबारदेखि शुक्रबारसम्म कारोबार हुदै आएको थियो । पछि सरकारले आइतबारको सार्वजनिक विदा बन्द गरेपछि आइतबारदेखि शुक्रबारसम्म नै कारोबार हुन थालेको थियो। तर शुक्रबार भने २ घण्टा मात्र शेयर कारोबार हुने गरेको थियो । 

लगानीकर्ताले शुक्रबार २ घण्टा कारोबार संचालन गर्नुको कुनै अर्थ नरहेको भन्दै शुक्रबारको कारोबार बन्द गर्न माग गर्दै आएका थिए । सोहि अनुसार नेप्सेले शुक्रबारको कारोबार बन्द गर्ने निर्णय गरेको हो ।

यस सँगै अब असोज महिनादेखि सार्वजनिक विदाका दिनमा बाहेक अन्य दिनमा आइतबारदेखि बिहिबारसम्म शेयर कारोबार हुने छ । यी दिनमा बिहान ११ बजेदेखि ३ बजेसम्म कारोबार हुने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved