६ वटा मर्चेन्ट बैंकरलाई प्राइभेट इक्विटी भेन्चर्स क्यापिटलको लाईसेन्स प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2022 | 04:48:07 PM मा प्रकाशित

laxmi  sunrise bank

६ वटा मर्चेन्ट बैंकरले विशिष्टीकृत लगानी कोष अन्र्तगत कोष व्यवस्थापकको अनुमती दर्ता प्रमाणपत्र प्राप्त गरेका छन्। नेपाल धितोपत्र बोर्डले आज ६ वटा मर्चेन्ट बैकरले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष अन्र्तगत कोष व्यवस्थापकको रूपमा काम गर्न लागि अनुमती दर्ता प्रमाणपत्र प्रदान गरेको हो।

पूँजी तथा वस्तु बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्था बमोजिम कोष व्यवस्थापकको काम गर्न आज बोर्ड अध्यक्ष रमेश हमालले ६ वटा मर्चेन्ट बैकरलाई अनुमतीपत्र प्रदान गरेका हुन् । 

एसआईएफको कोष प्रबन्धकको लागि पाएको स्वीकृति संगैं ६ वटा मर्चेन्ट बैकरलाई  नेपाली लगानीको क्षेत्रमा निजी इक्विटी र भेन्चर क्यापिटलजस्ता नवीन सेवाहरु प्रदान गर्ने बाटो खुलेको छ । नवीनतम ज्ञान, सीप÷क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई सञ्चालन गर्न स्वदेशी तथा बैदेशिक लगानीका भेञ्चर क्यापिटल, प्राइभेट इक्वीटी फण्ड, हेज भण्ड जस्ता उपकरण मार्फत् लगानीको नयाँ स्रोतको व्यवस्था गर्न सहयोग पुग्ने विश्वास प्रभु क्यापिटलले व्यक्त गरेको छ ।

नेपाल धितोपत्र बोर्डले आज प्रभु क्यापिटल सहित एनआईबिएल एस क्यापिटल, एनएमबी क्यापिटल, लक्ष्मी क्यापिटल, नबिल ईन्भेष्टमेण्ट क्यापिटल, एनआईसी एसिया क्यापिटल सहित ६ वटा क्यापिटललाई र यस अघि ग्लोबल ईक्विटी फण्ड र अवसर ईक्विटी फण्ड गरी नेपाल धितोपत्र बोर्डबाट हालसम्म जम्मा ८ वटा संस्थाहरुलाई विशिष्टीकृत लगानी कोष अन्र्तगत कोष व्यवस्थापकको रूपमा काम गर्न लागि अनुमती दर्ता प्रमाणपत्र प्रदान गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved