सुस्तायो शेयरबजार: १ अर्ब पनि कारोबार भएन, ११६ कम्पनीको मूल्य घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2022 | 03:26:17 PM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार शेयर बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से सूचक ४.२९ अंकले घटेर १९७३.०१ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका मध्ये २२४ कम्पनीका २४ लाख ४४ हजार ३ सय ४४ कित्ता शेयर खरिदबिक्रिबाट ९० करोड ९९ लाख ४ हजार ७ सय ५१ रुपैयाँ २ पैसाको कारोबार भएको छ । जस मध्ये रिडी हाइड्रोको सबैभन्दा धेरै ९ करोड ९६ लाखको कारोबार भएको छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ करोड ५९ लाखको कारोबार भएको छ । त्यस्तै नबिल बैंकको ४ करोड ५६ लाखको कारोबार भएको छ भने नेष्डो समृद्ध लघुवित्तको २ करोड ८५ लाख त्तहा नेपाल टेलिकमको २ करोड २३ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये मैलुंगखोला हाइड्रोको शेयर मूल्य ७.४३ प्रतिशतले बढेको छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर मूल्य ३.९३ प्रतिशतले बढेको छ । त्यस्तै रिडी हाइड्रोको शेयर मूल्य ३.२३, अपर सोलु हाइड्रोको शेयर मूल्य २.९२ प्रतिशत तथा गरिन भेन्चर्सको शेयर मूल्य २.८७ प्रतिशतले बढेको छ ।

आज रुरु हाइड्रोको शेयार मूल्य सर्वाधिक ६.५५ प्रतिशतले घटेको छ भने आशा लघुवित्तको शेयर मूल्य ३.६६ प्रतिशतले घटेको छ । त्यस्तै जोशी हाइड्रोको शेयर मूल्य ३.०४ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका मध्ये कुल ११६ कम्पनीको शेयर मूल्य घटेको छ भने ६१ कम्पनीको मूल्य बढेको छ । १० कम्पनीको शेयर मूल्य भने स्थिर छ ।

आज कारोबारमा आएका मध्ये उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स बाहेकका सबै समुहगत सूचक घटेका छन् । यी दुई सनुहगत सूचक क्रमश ०.०४ र ०.०६ प्रतिशतले बढेको छ ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved