आईपिओ निष्काशन तयारीमा रहेको छायाँदेवी कम्प्लेक्सको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2022 | 08:44:12 AM मा प्रकाशित

laxmi  sunrise bank

आईपिओ निष्काशनको तयारीमा रहेको छायाँदेवी कम्प्लेक्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज १२ गते सभा गर्न लागेको हो ।

सभामा कम्पनीको संचालक समितिको प्रतिवेदन पारित गर्ने , कम्पनीको आ.व. २०७७/२०७८ देखी आ.ब. २०७८/०७९ को आयव्यय विवरण तथा लेखापरीक्षण प्रतिवेदन पारित गर्ने , आगामी आ.ब. २०७९/०८० को कम्पनीको लेखापरिक्षक गर्न लेखापरिक्षकको नियुक्ति गरि निजको पारिश्रमिक निर्धारण गर्ने , सञ्चालक समिति गठन गर्ने , कम्पनीको ठेगाना परिवर्तन गर्ने ,  कम्पनीको अधिकृत तथा जारी पूजी बृद्धि गर्ने र कम्पनी सचिव नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छन्।

कम्पनीले आईपिओ निष्काशन गर्ने तयारी पनि गरिरहेको छ ।  कम्पनीले हाल कायम जारी पूँजीको १० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।  कम्पनीले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कम्पनीले हाल काठमाण्डौको प्रमुख व्यापारिक स्थान ठमेलमा पाँच तारे होटेल र मेघा कम्प्लेक्सको निर्माण गरी सञ्चालन गरिरहेको छ । छायाँ देवी कम्पलेक्स लिमिटेडको कूल निर्माण क्षेत्र करीब ३ लाख ५० हजार वर्गफिट भन्दा बढी रहेको छ । जस अन्र्तरगत २०० वटा विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका रिटेल स्टोरका साथै प्रसिद्ध सिनेमा चेन क्युएफएक्स तथा अन्तराष्ट्रिय नेटवर्क भएको पाँचतारे होटल “दि एलोफ्ट” सञ्चालन भइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved