दोहोरो अंकले घट्यो नेप्से, १७१ कम्पनीको शेयर मूल्यमा गिरावट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2022 | 03:39:39 PM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक २१.२२ अंकले घटेर १९५१.७९ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका २२७ कम्पनीका ३२ लाख ९ हजार ९ सय ८३ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब १९ करोड ७ लाख ६५ हजार ६ सय १२ रुपैयाँ ९९ पैसाको कारोबार भएको छ । जस मध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्सको सबैभन्दा धेरै ९ करोड १४ लाख , रिडी पावरको ९ करोड ११ लाख, सानिमा माई हाइड्रोको ८ करोड ५५ लाख, नबिल बैंकको ५ करोड ६६ लाख तथा नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ३० लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये म्युचुअल फण्ड बाहेकका सबै समूहगत सूचक घटेका छन् । म्युचुअल फण्ड सूचक भने ०.४ प्रतिशत बढेको छ। आज फाइनान्स समुह सर्वाधिक २.१२ प्रतिशत घटेको छ भने हाइड्रो समुह २.०५ प्रतिशत घटेको छ ।

आज उन्नति सहकार्य लघुवित्तको शेयर मूल्य सर्वाधिक ९.६८ प्रतिशत बढेको छ । त्यस्तै एनएमबि हाइब्रिड फण्ड एल १ को इकाई मूल्य २.५४ प्रतिशतले बढेको छ । त्यस्तै सामुदायिक लघुवित्तको शेयर मूल्य १.९९ प्रतिशत बढेको छ भने मन्दाकिनी हाइड्रोको शेयर मूल्य १.९६ प्रतिशत बढेको छ ।

आज सानिमा माई हाइड्रोको शेयर मूल्य सर्वाधिक ७.३२ प्रतिशत घटेको छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर मूल्य ६.०२ प्रतिशत घटेको छ । त्यस्तै जोशी हाइड्रोको शेयर मूल्य ५.५३ प्रतिशत घटेको छ भने रुरु हाइड्रोको शेयर मूल्य ४.८९ प्रतिशत घटेको छ । 

आज १७१ कम्पनीको शेयर मूल्य घटेको छ भने १४ कम्पनीको मूल्य बढेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved