एनआईसी एसिया क्यापिटलले घर र अफिस मै गएर निःशुल्क डिम्याट खाता खोलिदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2022 | 05:16:18 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया क्यापिटलले ग्राहकहरुको घर तथा अफिस मै गएर निःशुल्क डिम्याट खाता खोलिदिने भएको छ।  व्यस्त समयमा स्वयम उपस्थित भई डिम्याट खाता खोल्न नसक्ने व्यक्तिहरुलाई सहज रुपमा डिम्याट खाता खोलिदिने मुख्य उद्देश्यका साथ उक्त सेवा संचालन गरिएको क्यापिटलले जनाएको छ ।

 सेवाग्राहीहरुलाई घर अफिसमा नै पुगी छोटो समयमा डिम्याट खाता उपलब्ध गराई डिम्याट खाता तथा मेरो शेयर खाता संचालन सम्बन्धमा आवश्यक जानकारी उपलब्ध गराईने हुँदा उक्त योजनाबाट लाभ लिई सहज र झनझट रहित रुपमा डिम्याट तथा मेरो शेयर खाता प्राप्त गर्न क्यापिटलले आग्रह गरेको छ। क्यापिटलले  क्यापिटलका कर्मचारीहरु स्वयम उपस्थित भई डिम्याट खाता खोलिदिने तथा शेयर अभौतिकीकरण गर्नको लागि आवश्यक सहजिकरण गरिदिने व्यवस्था मिलाईएको जनाएको छ।

क्यापिटलका अनुसार उक्त सेवा प्राप्त गर्नको लागि क्यापिटलको ईमेल ठेगाना [email protected] मा अनुरोध पठाउन वा क्यापिटलको मोवाईल नं. ९८५११२२९९४ मा सोझै कल/वा मिसकल गर्न गर्नु पर्ने छ।  उक्त सेवामा सहभागी हुन कम्तीमा तीन जना व्यक्तिहरुको समूह हुनुपर्ने र हाललाई यो सेवा काठमाण्डौ उपत्यका भित्रको लागि मात्र उपलब्ध हुने क्यापिटलले प्रष्ट पारेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved