प्रभु क्यापिटलमा डिम्याट हुनेलाई गोल्ड जिममा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2022 | 07:41:38 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका हितग्राही ग्राहकहरुले गोल्ड जिममा छुट पाउने भएका छन् । क्यापिटलले भैसेपाटी कम्प्लेक्समा रहेको गोल्ड जिमसँग छुट प्रदान गर्ने सम्झौता गरेको हो ।

 सम्झौता अनुसार प्रभु क्यापिटलका डिम्याट खातावालाले गोल्ड जिमबाट सेवा लिदा ३० प्रतिशत छूट पाउने क्यापिटलले जनाएको छ ।  एकल वा जोडी जुनसुकै सदस्यता लिई वार्षिक, अर्धवार्षिक, त्रैमासिक वा मासिक रुपमा सेवा लिदा सो छूट पाउने प्रभु क्यापिटलले जनाएको छ ।

यो योजनाबाट लाभ लिन हितग्राहीले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनुपर्ने क्यापिटलले उल्लेख गरेको छ । क्यापिटलका अनुसार यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छूट समझौताको मितिदेखि तीन महिनासम्म लिन सकिने छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved