कुमारी क्यापिटलको नयाँ सेवा : कम्पनीलाई आईपिओ निष्काशनमा सघाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2022 | 08:08:49 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी क्यापिटलले संस्थागत परामर्श सेवा अन्तगर्त 'वे टु लिस्टिङ-Way to Listing' नामक नयाँ सेवा सञ्चालनमा ल्याएको छ । क्यापिटलले यस सेवा अन्तर्गत नेपालको प्रचलित कानुन बमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरुलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासनपुर्व गर्नुपर्ने वित्तिय तथा संगठनात्मक पुनर्संरचना लगायतका कार्यमा आवश्यक सम्पुर्ण वित्तिय तथा कानुनी परामर्श सेवा उपलब्ध गराउने जनाएको छ ।

साथै, क्यापिटलले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन गर्ने निष्कासित धितोपत्र नेपाल धितोपत्र विनिमय बजार (नेप्सेमा) मा सुचिकरण गराउने लगायतका सम्पुर्ण सेवाहरु प्रदान गर्ने उल्लेख गरेको छ  । यस सेवाले वास्तविक क्षेत्रका कम्पनिहरुलाई धितोपत्र बजारमा भित्राउने धितोपत्र बोर्डको नितिलाई समेत सहयोग पुयाउने छ विश्वास क्यापिटलले लिएको जनाएको छ ।

क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत व्यवसायिक तथा वित्तिय योजनाको तयारी, वित्तिय तथा संगठनात्मक पुनर्संरचना, वित्तिय श्रोत जुटाउन सहयोग, कम्पनि मुल्याङ्कन, तथा परीयोजना मुल्याङ्कन,  प्रबन्धपत्र तथा नियमावली संशोधन, आन्तरिक नियन्त्रण प्रणालिको विकास तथा प्रभावकारिता मुल्याङ्कन,  ब्यवस्थापकिय परामर्श र ड्यु डिलिजेन्स सेवा उपलब्ध गराउने जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved