एशियन लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान, शेयर संरचना फेर्ने प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2022 | 08:25:01 AM मा प्रकाशित

laxmi  sunrise bank

एशियन लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज १३ गते बिहिबार बाराको होटेल क्लासिक सिमरामा सभा आह्वान गरेको हो।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीको साउन २० गते बसेको संचालक समितिको बैठकले  आ.व.२०७७/७८ को संचित नाफाबाट बितरण गर्नको लागि हाल कायाम चुक्ता पुंजी  २ अर्ब ५३ करोड ९८ लाख ३५ हजारको १४.५०प्रतिशतले हुन आउने ३६ करोड ८२ लाख ७६ हजार ७५ रुपैयाँ बराबरको बोनस शेयर  र  कर प्रयोजनको लागि ०.७६ प्रतिअशतले हुन आउने  १ करोड ९३ लाख ८२ हजार ९ सय ५१ रुपैयाँ नगद गरु कुल १५.२६ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो  ।  कम्पनीको बार्षिक साधारण सभाबाट पारित भएपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ। 

कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज ३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन त्तहा प्रस्तावित लाभांश पाउँन सक्ने छन्।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव: 

सामान्य प्रस्तावहरु:

१. संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने बारे ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष.२०७७/७८ (NFRS बमोजिम) आषाढ मसान्तसम्मको वासलात,नाफा/नोक्सान हिसाव, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धि संलग्न अनुसूचिहरु माथी
छलफल तथा पारित गर्ने बारे ।

३. संचालक समितिबाट प्रस्तावित ०.७६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि रु.१,९३,८२,९५१/- पारित गर्ने बारे।

४. आर्थिक वर्ष ०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

विशेष प्रस्तावहरु :

१. आर्थिक वर्ष २०७७/७८ सम्मको संचित नाफाबाट यस कम्पनीको चुक्ता पूँजी रु.२,५३९,८३५,०००/- को बोनश शेयर १४.५० प्रतिशत ले हुन आउने रु.३६,८२,७६,०७५/- दरले हुने बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने ।

२. उल्लेखित बोनश शेयर पश्चातको हदसम्म जारी तथा चुक्ता पूँजी वृद्धि गर्न स्वीकृती गर्ने बारे ।

३. विशेष प्रस्ताव अन्तर्गत नं.२ र ४ प्रस्तावको निर्णय कार्यान्वयनको लागि कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।

४. कम्पनीको हाल कायम पूँजी संरचनामा संस्थापक र सर्वसाधारण शेयरको ६०:४० अनुपातलाई श्री बीमा समितिको स्वीकृति पश्चात परिवर्तन गरी ५१:४९ प्रतिशत कायम गरी संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने र तदनुरुप प्रबन्धपत्रको दफा ६(२) संशोधन गर्ने प्रस्ताव पारित गर्ने । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved