मर्जर प्रक्रियामा रहेका आँधीखोला र सीवाईसी नेपाल लघुवित्तको विशेष साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2022 | 08:37:13 AM मा प्रकाशित

laxmi  sunrise bank

आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तले मर्जर प्रस्ताव पारित गर्न विशेष साधारणसभा आह्वान गरेका छन् । दुवै कम्पनीले असोज ७ गते शुक्रबार सभा आह्वान गरेका हुन् । 

आँधीखोलाले स्याङ्जाको वालिङ स्थित होटेल गाउँवेसीमा सभा आह्वान गरेको हो भने सीवाईसीले पोखरा महानगरपालिका स्थित आफ्नै केन्द्रिय कार्यालयमा सभा आह्वान गरेको हो  । यी २ संस्थाबीच असार २२ गते मर्जमा जाने सम्झौता भएको थियो  । मर्जर प्रयोजनको लागि दुवै कम्पनीको कारोबार रोक्का छ  ।

दुवै कम्पनीको साधारणसभामा  सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लि. एक आपसमा गाभ्ने गाभिने (मर्जर) गर्ने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरिने अध्यक्षज्यूको प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश हुने छ। त्यस्तै सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लि. एक आपसमा गाभ्ने/गाभिने (मर्जर) गर्ने प्रयोजनको लागि मुल्याङ्कनकर्ताबाट प्राप्त प्रतिवेदनको आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात (Share Swap Ratio) पारित गर्ने प्रस्ताव पेश हुने छ।

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लि. एक आपसमा गाभ्ने गाभिने (मर्जर) गर्ने सम्बन्धमा सम्पन्न समझदारीपत्र (Memorandum of Understanding), सम्पत्ति, दायित्व र कारोवारको मूल्याङ्कन प्रतिवेदन (DDA), गाभ्ने/गाभिने (मर्जर) सम्बन्धमा गठित संयुक्त मर्जर समिति र सञ्चालक समितिले गरेका निर्णय एवम् सो सम्बन्धमा भएका काम कारबाही र खर्च अनुमोदन तथा अन्तीम सम्झौतापत्र स्वीकृत गर्ने प्रस्ताव पेश हुने छ। त्यस्तै सम्पत्ति, दायित्व र कारोवारको मूल्याङ्कन (DDA) गर्न नियुक्त लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पेश हुने छ। संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने , भविष्यमा  अन्य कुनै वित्तीय संस्थालाई प्राप्ति (Acquisition) गर्ने वा एक आपसमा गाभ्ने/गाभिने (Merger) प्रयोजनको लागि आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पेश हुने छ। त्यस्तै प्रबन्धपत्र तथा नियमावलीमा भएका संशोधन तथा मर्जर सम्बन्धी कार्य उपर थप प्रष्ट गर्नु परेमा वा नियमनकारी निकायबाट कुनै विषयमा निर्देशन वा सुझाव दिएमा सो बमोजिम संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुने छ। 

 यस अघि आँधिखोला लघुवित्त र धौलागिरि लघुवित्तले २०७६ पौष २ गते मर्जमा जाने सम्झौता गरेका थिए । तर मर्जर भाडिएपछि नेप्सेमा गत जेठ २७ गतेदेखि कम्पनीको शेयर कारोबार फुकुवा भएको थियो । 

आँधिखोला लघुवित्तको केन्द्रीय कार्यालय स्याङ्गजाको बयरघारीमा रहेको छ। हाल कम्पनीको चुक्ता पुँजी ११ करोड ९० लाख रहेको छ । सीवाईसी नेपाल लघुवित्तले भने केहि समय अघि मात्र आईपिओ जारी गरेको हो । कम्पनीको केन्द्रीय कार्यालय बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका स्थित बाग्लुङ बजारमा रहेको छ । कम्पनीको चुक्ता पुँजी १२ करोड १६ लाख रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved