ङादी ग्रुप पावरको हकप्रद बाँडफाँड, १२ लाख कित्ता शेयर बिकेन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2022 | 11:19:40 AM मा प्रकाशित

laxmi  sunrise bank

ङादी ग्रुप पावर लिमिटेडले निष्काशन गरेको हकप्रद बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले  बुधबार हकप्रद शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार हकप्रदमा रितपुर्वक आवेदन दिने आवेदकहरुलाई ९३ लाख ४६ हजार ६ सय ९६ कित्ता शेयर बाँडफाँड गरिएको छ । बिक्रि नभएको १२ लाख ५७ हजार २ सय ९० कित्ता शेयर भने लिलाममा आउने छ ।

कम्पनीले  साउन १८ गतेदेखि  भदौ ७ गतेसम्म हकप्रद  बिक्रि खुला गरेको थियो। कम्पनीले हाल कायम चुक्ता पुँजी ७० करोड ६९ लाख ३२ हजार ४ सय रुपैयाँको १:१.५ को अनुपातमा अर्थात् १५० प्रतिशत हकप्रदले हुन आउने १ करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।कम्पनीले हकप्रद निष्काशनको लागि असार २० गते बुक क्लोज गर्ने निर्णय गरेकोले असार १९ गतेसम्म  कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने ब्यबस्था थियो। 

नेपाल धितोपत्र  बोर्डले असार ९ गते कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति दिएको थियो । कम्पनीले जेठ ९ मा बोर्डमा हकप्रद स्वीकृतिको लागि आवेदन दिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved