बरुण हाइड्रोको हकप्रदमा आवेदन दिने म्याद थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2022 | 08:30:37 AM मा प्रकाशित

laxmi  sunrise bank

बरुण हाइड्रोले निष्काशन गरेको हकप्रदमा आवेदन दिने म्याद थपिएको छ । कम्पनीले यस अघि आज भदौ २६ गतेसम्म आवेदन दिन सकिने जनाएकोमा अब म्याद थप गरि भदौ ३१ गतेसम्म आवेदन दिन सकिने उल्लेख गरेको छ ।

कम्पनीले भदौ ६ गतेदेखि हकप्रद बिक्रि खुला गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १:१ अनुपातमा अर्थात् शतप्रतिशतले हुन् आउने २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद बिक्रि खुला गरेको हो। 

म्याद थप पछि लगानीकर्ताले यस हकप्रदमा भदौ ३१ गतेसम्म आवेदन दिन सक्ने छन् ।  कम्पनीले हकप्रद निष्काशनको लागि साउन २ गते बुक क्लोज गर्ने निर्णय गरेकोले साउन १ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।  हकप्रद शेयर निष्काशनको लागि आरबिबि मर्चेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ । 

नेपाल धितोपत्र बोर्डले असार १५ गते बुधबार कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो । कम्पनीले जेठ ११ मा हकप्रद निष्काशनको अनुमति माग गर्दै  बोर्डमा आवेदन दिएको थियो । 

कम्पनीको २०७३ असार २० गते सम्पन्न विशेष साधारणसभाले १:१ अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।  कम्पनीले यस अघि पनि हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिए पनि बोर्डले ६ महिनासम्म पनि माग गरेको कागजात नबुझाएको भन्दै हकप्रद आवेदन नै खारेज गरिदिएको थियो ।

कम्पनीले फेरी हकप्रद निष्काशन प्रक्रिया अगाडी बढाएर बोर्डबाट निष्काशन अनुमति पाई हकप्रद बिक्रि गरेको हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved