शेयर बजारमा देखिएन उत्साह: ७५ करोडभन्दा पनि कमको कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2022 | 03:23:46 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक ११.४७ अंकले घटेर १९२६.२८ को बिन्दुमा पुगेर रोकिएको हो । 

आज कारोबारमा आएका २२१ कम्पनीका २५ लाख २४ हजार २ सय २४ कित्ता शेयर खरिद बिक्रिबाट ७४ करोड ७२ लाख २६ हजार ६ सय २५ रुपैयाँको कारोबार भएको छ । जस मध्ये हिमालयन जनरल इन्स्योरेन्सको ३ करोड ९५ लाखको कारोबार भएको छ भने नबिल बैंकको ३ करोड १७ लाखको कारोबार भएको छ । त्यस्तै रिडी हाइड्रोको २ करोड ७५ लाख, अपि पावरको २ करोड २२ लाख तथा नेपाल टेलिकमको २ करोड ५ लाखको कारोबार भएको छ ।

आज मैलुंग खोला हाइड्रोको शेयर मूल्य सर्वाधिक ४.५६ प्रतिशतले बढेको छ भने सामुदायिक लघुवित्तको शेयर मूल्य ३.८९ प्रतिशतले बढेको छ । त्यस्तै दोर्दी खोला जलविद्युत कम्पनीको शेयर मूल्य २.३१ प्रतिशत बढेको छ ।

आज सानिमा लार्ज क्याप फण्डको इकाई मूल्य ५.३७ प्रतिशत घटेको छ भने छ्याङदी हाइड्रोको शेयर मूल्य ५.३३ प्रतिशत तथा नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य ४.५३ प्रतिशत घटेको छ । त्यस्तै घलेम्दी हाइड्रोको शेयर मूल्य ४.३४ प्रतिशत घटेको छ भने आशा लघुवित्तको शेयर मूल्य ४.१७ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका मध्ये अन्य समुह बाहेकका सबै समुहगत सूचक घटेका छन् । जस मध्ये हाइड्रो समुह सर्वाधिक १.५५ प्रतिशत घटेको छ भने विकास बैंक समुह  १.५३ प्रतिशत घटेको छ।

आज कारोबारमा आएका मध्ये १३६ कम्पनीको मूल्य घटेको छ भने २६ कम्पनीको मूल्य बढेको छ । ७ कम्पनीको मूल्य स्थिर छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved