मर्जरको लागि सानिमा जनरल र जनरल इन्स्योरेन्सको विशेष साधारणसभा आह्वान, स्वाप कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2022 | 08:31:04 AM मा प्रकाशित

laxmi  sunrise bank

मर्जर प्रस्ताव पारित गर्न सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारणसभा आह्वान गरेका छन्। दुवै कम्पनीले असोज ११ गते विशेष सभा आह्वान गरेका हुन् । 

सानिमा जनरल इन्स्योरेन्सले चण्डोल स्थित कुण्डलिनी दरबार ब्यान्क्वेटमा सभा आह्वान गरेको हो भने जनरल इन्स्योरेन्सले डिल्लीबजार स्थित अमृतभोगमा सभा आह्वान गरेको हो ।  

दुवै कम्पनीको विशेष साधारणसभामा एक आपसमा मर्जमा जाने साझा प्रस्ताव पेश हुने छन् । दुवै कम्पनीले १:१ को स्वापमा मर्जमा जान लागेका हुन् ।  मर्जरपछि बन्ने कम्पनीको नाम सानिमा एसजीआई इन्स्योरेन्स हुने छ भने केन्द्रिय कार्यालय टंगालमा रहने छ ।  सभामा मर्जरको लागि तयार भएको सम्झौता, प्रतिवेदन, र अन्य कार्यहरु अनुमोदन गर्ने प्रस्ताव पेश हुने छ ।  त्यस्तै मर्जर पश्चता बन्ने कम्पनीमा संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व ५१:४९ बनाउने प्रस्ताव पेश हुने छ ।  साथै मर्जर समबन्धि बाँकि कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि सभाले अनुमोदन गर्ने छ । 

यी दुई कम्पनीले असार ३० गते मर्जमा जाने सम्झौता गरेका थिए । मर्जर सम्झौता गरेसंगे यी दुवै कम्पनीको शेयर कारोबार रोक्का छ । शेयर कारोबार रोक्का हुनु अगाडी शेयरधनी रहेकाहरुले विशेष साधारणसभामा भाग लिन सक्ने छन् ।  

बीमा समितिले बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्ने नीति ल्याएपछि यी २ कम्पनी मर्ज हुन लागेका हुन् । बीमा समितिले आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन जारी गरेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड पुँजी पुर्याउनु पर्न  छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved