आज २ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज भदौ २८ गते एनआईबिएल म्यूचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल प्रगति फण्ड र सनराइज क्यापिटल योजना ब्यबस्थापक रहेको सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
यी दुवै योजनाले लाभांश वितरणको लागि भदौ २९ गते बुक क्लोज मिति तय गरेकोले आज भदौ २८ गतेसम्म कायम इकाईधनीले मात्र योजनाले दिने लाभांश पाउँन सक्ने छन् ।
एनआईबिएल प्रगति फण्डले इकाईधनीहरुलाई कर सहित ४.२० प्रतिशत लाभांश बितरण गर्ने निर्णय गरेको छ । योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलको सञ्चालक समितिको ९९औं बैंठकले आ.व.२०७८/०७९ का लागि एनआईबिएल प्रगति फण्ड योजनाका इकाईधनीहरुलाई कर सहित ४.२० प्रतिशत का दरले हुन आउने रकम रु.३,१५,००,०००/-(रु. तीन करोड पन्ध्र लाख मात्र) प्रतिफल बितरण गर्ने निर्णय गरेको छ।
त्यस्तै सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७८÷०७९ का लागि ईकाइधनीहरुलाई कर सहित १२% लाभांश बितरण गर्ने घोषणा गरेको छ । सनराइज बैंकबाट प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटलबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७८÷०७९ का लागि ईकाइधनीहरुलाई कर सहित १२ प्रतिशतले हुन आउने १० करोड ३२ लाख रुपैयाँ बराबरको लाभांश बितरण गर्ने घोषणा गरेको हो।