ब्रोकर कम्पनीको अध्यक्ष, कार्यकारी प्रमुख र सञ्चालकको लागि नयाँ योग्यता निर्धारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2022 | 01:35:19 PM मा प्रकाशित

laxmi  sunrise bank

अब ब्रोकर कम्पनीको अध्यक्ष र कार्यकारी प्रमुख बन्नको लागि कम्तिमा स्नातकोत्तर वा सीए उतिर्ण गरेको हुनुपर्ने छ। मन्त्रिपरिषदले पारित गरेर पठाएको धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र ब्यापारी) (चौथो संशोधन) नियमावली, २०७९ आज धितोपत्र बोर्डले सार्वजनिक गरेको छ । संशोधित नियमावलीमा अध्यक्ष, संचालक र कार्यकारी प्रमुखको योग्यता तोकिएको छ 

जस अनुसार  अब  ब्रोकर कम्पनीको संचालक समितिको अध्यक्ष र कार्यकारी प्रमुखको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, लेखा, व्यवस्थापन, कानून वा सूचना प्रविधि विषयमा कम्तीमा स्नातकोत्तर वा चार्टर एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरी धितोपत्र बजार वा वित्तीय क्षेत्र वा वित्त व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा पाँच वर्ष कार्य गरेको अनुभव भएको भएको हुनु पर्ने छ । यस अघि स्नातक गरेको र २ माथि उल्लेखित क्षेत्रमा २ वर्षको अनुभव भएको हुनु पर्ने ब्यबस्था थियो। अब भने स्नातकोत्तर गरेको र ५ वर्षको अनुभव भएको हुनु पर्ने ब्यबस्था गरिएको हो ।

संचालकहरुको हकमा कम्तीमा स्नातक वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्ष कार्य गरेको अनुभव भएको हुनु पर्ने ब्यबस्था गरिएको छ। संचालकहरुको लागि यस अघि २ वर्षको अनुभव भए हुनेमा अब ५ वर्षको अनुभव राखिएको छ । 

यदी हाल भईरहेका ब्रोकर तथा स्टक डिलर कम्पनीमा  सञ्चालक समितिको अध्यक्ष, कार्यकारी प्रमुख वा संचालकले हालको पदको पदावधि बाँकी भएसम्म यथावत कार्य गर्न सक्ने छन्। तर सो पदमा नयाँ नियुक्ति वा मनोनयन गर्दा उल्लेखित योग्यता पुगेको व्यक्तिलाई मात्र नियुक्ति वा मनोनयन गर्नु पर्ने ब्यबस्था बोर्डले गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved