शेयर बजारमा हरियाली: फाइनान्स र विकास बैंकमा लगानीकर्ताको आकर्षण, नबिलको कारोबार उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2022 | 03:51:00 PM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक २१.३० अंकले बढेर १९३४.०४ को बिन्दुमा पुगेर रोकिएको छ । 

आज कारोबारमा आएका २३१ कम्पनीको ३१ लाख ४६ हजार ९ सय ९६ कित्ता शेयर खरिद बिक्रिबाट ९२ करोड २५ लाख ७४ हजार ४ सय ९ रुपैयाँ ६६ पैसाको कारोबार भएको छ । जस मध्ये नबिल बैंकको ५ करोड ९४ लाख, रिडी हादिरोको ५ करोड ६३ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३ करोड ८४ लाख , अरुण काबेली पावरको ३ करोड ७३ लाख तथा अपि पावरको २ करोड १७ लाखको कारोबार भएको छ 

आज बोटलर्स नेपाल बालाजुको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने मैलुंग खोला हाइड्रोको शेयर मूल्य ७.७६ प्रतिशतले बढेको छ। त्यस्तै सानिमा लार्ज क्याप फण्डको इकाई मूल्य ६.६७ प्रतिशत बढेको छ भने युनिभर्सल पावरको शेयर मूल्य ४,६७ प्रतिशत तथा रिभर फल्स पावरको शेयर मूल्य ४.२४ प्रतिशत बढेको छ 

आज नेपाल बैंकको ऋणपत्रको शेयर मूल्य ९.५९ प्रतिशतले घटेको छ भने सामुदायिक लघुवित्तको शेयर मूल्य २.१० प्रतिशतले घटेको छ । त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाई मूल्य १.६९ प्रतिशत घटेको छ भने युनाइटेड इदी मार्दी हाइड्रोको शेयर मूल्य १.६२ प्रतिशतले घटेको छ 

आज कारोबारमा आएका मध्ये १७२ कम्पनीको मूल्य बढेको छ भने १४ कम्पनीको शेयर मूल्य घटेको छ । 

आज  कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये फाइनान्स समुह सर्वाधिक २.१३ प्रतिशत बढेको छ भने विकास बैंक समुह १.७५ प्रतिशत बढेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved