एभरेष्ट बैंकको अग्राधिकार शेयर पूर्ण रुपमा सर्बसाधारणमा परिणत हुँदै, ६ गते अन्तिम कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2022 | 08:46:40 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक लिमिटेडको ७ प्रतिशत अग्राधिकार शेयर अब पूर्णरुपमा सर्वसाधारण समुहमा परिणत हुने भएको छ । उक्त शेयर हरेक ३-३ बर्षमा २०% का दरले साधारण शेयरमा परिणत गर्नुपर्ने प्रावधान अनुरुप पाचौं तथा अन्तिम पटक शेयर परिणत गर्न लागिएको बैंकले जनाएको छ।

बैंकका अनुसार अब  पाचौं तथा अन्तिम पटकको परिणत २००९ आश्विन १३ गते गरिने छ र उक्त अग्राधिकार शेयरको कारोबार २०७९ साल आश्विन ६ गते सम्म हुने छ। त्यसपछि सो शेयरको सुचिकरण खारेज हुने बैंकले जनाएको छ । 

उपत्यका भित्र रहेका शेयरधनीहरुले एभरेष्ट बैंक लि. मुख्य कार्यालय, लाजिम्पाट काठमाडौं र उपत्यका बाहिर रहेका शेयरधनीहरुले एभरेष्ट बैक लि. को पायक पर्ने कुनै पनि शाखा कार्यालय मार्फत भौतिक रुपमा कायम अग्राधिकार शेयरको सक्कल प्रमाणपत्र तथा डिम्याट खाताको विवरण उपलब्ध गराईदिनु हुन बैंकले आग्रह गरेको छ ।  साथै हालसम्म पनि उक्त शेयरबाट प्राप्त नगद लाभांश लिन बाँकी भएका शेयरधनीले बैंकको शेयर शाखामा सम्पर्क राखी लाभांश रकमको भुक्तानी लिन समेत बैंकले अनुरोध गरेको छ छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved