कुमारी बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज भदौ ३१ गते अन्तिम दिन रहेको छ। बैंकले भदौ १७ गतेदेखि ऋणपत्र निष्काशन गरेको हो ।
बैंकले अंकित मूल्य १००० दरको ३ अर्बले हुन आउने ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । ३० लाख कित्ता मध्ये १२ लाख कित्ता सर्बसाधारणलाई र १८ लाख कित्ता ब्यतिगत तबर बाट बिक्रि हुने छ । सर्वसाधारणलाई छुट्याईएको मध्ये ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषहरुलाई छुट्याईएको छ ।
आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १२ लाख कित्ताको लागि आवेदन दिन सकिने छ। १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ११ प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
नेपाल धितोपत्र बोर्डले भदौ १ गते बैंकलाई ऋणपत्र निष्काशनको अनुमति प्रदान गरेको हो । बैंकले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै असार ३१ मा बोर्डमा आवेदन दिएको थियो ।