शुक्रबारको अन्तिम शेयर कारोबार आज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2022 | 09:08:00 AM मा प्रकाशित

laxmi  sunrise bank

आज भदौ ३१ गते शुक्रबारको अन्तिम शेयर कारोबार हुदै छ।  नेप्से संचालक समितिको बैठकले असोज महिनादेखि लागु हुने गरि शुक्रबार भईरहेको शेयर कारोबार बन्द गर्ने निर्णय गरेको सँगै आज भदौ ३१ गते शुक्रबारको अन्तिम कारोबार हुने भएको हो ।

 भदौ महिनामा बाँकि रहेका शुक्रबारको दिनमा  कारोबार गर्ने र असोज महिना लागेपछि शुक्रबारको कारोबार बन्द गर्ने निर्णय नेप्सेले गरेको थियो।

सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेपछि शेयर बजारमा सोमबारदेखि शुक्रबारसम्म कारोबार हुदै आएको थियो । पछि सरकारले आइतबारको सार्वजनिक विदा बन्द गरेपछि आइतबारदेखि शुक्रबारसम्म नै कारोबार हुन थालेको थियो। तर शुक्रबार भने २ घण्टा मात्र शेयर कारोबार हुने गरेको थियो । 

लगानीकर्ताले शुक्रबार २ घण्टा कारोबार संचालन गर्नुको कुनै अर्थ नरहेको भन्दै शुक्रबारको कारोबार बन्द गर्न माग गर्दै आएका थिए । सोहि अनुसार नेप्सेले शुक्रबारको कारोबार बन्द गर्ने निर्णय गरेको हो ।

यस सँगै अब असोज महिनादेखि सार्वजनिक विदाका दिनमा बाहेक अन्य दिनमा आइतबारदेखि बिहिबारसम्म शेयर कारोबार हुने छ । यी दिनमा बिहान ११ बजेदेखि ३ बजेसम्म कारोबार हुने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved