मेडिकेयर हस्पिटलले आईपिओ निष्काशन गर्ने, ३०.७४ प्रतिशत लाभांश प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2022 | 01:59:51 PM मा प्रकाशित

laxmi  sunrise bank

मेडिकेयर हस्पिटल लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपिओ निष्कासन गर्ने प्रस्ताव सहित असोज २२ गते शनिवार साधारणसभा आह्वान गरेको छ । 

कम्पनीले हाल कायम चुक्ता पुँजीको ९० प्रतिशत हकप्रद जारी गर्ने र त्यसपछि कायम पुँजीको १० प्रतिशत शेयर सर्वसाधारणलाई जारि गर्ने प्रस्ताव सभामा लैजान लागेको हो । कम्पनीको सभामा आईपिओ निष्काशन गर्नको लागि नियमावली र प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र थप संशोधन गर्नु परे संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुने छ ।

त्यस्तै सभामा लाभांश प्रस्ताव पेश हुने छ । संचालक समितिको सिफारिस बमोजिम २०७९ साल आषाढ मसान्तमा समाप्त भएको आर्थिक बर्षको मुनाफा रकमबाट कम्पनीको चुक्ता पूँजीको कर सहित १०.५२६३ (दश दशमलव पाँच दुइ छ तीन) प्रतिशतका दरले शेयरधनीलाई नगद लाभांश तथा हालको चुक्ता पूँजीको २०.२२६८ (बीस दशमलव दुइ दुइ छ आठ) प्रतिशत बोनस शेयर जारी गर्ने र उक्त जारी गर्दा शेयरधनीले तिर्नुपर्ने कर शेयरधनीको तर्फबाट अस्पतालले व्यहोर्ने गरी बोनस शेयर वितरण गर्न स्वीकृत प्रदान गर्ने प्रस्ताव सभामा पेश हुने छ  । कम्पनीको शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना संचालकहरुको निर्वाचन गर्ने तथा वित्तीय विवरणहरु पारित गर्ने प्रस्ताव पनि सभामा पेश हुने छन् ।

कम्पनीले चाबहिलमा रहेको हस्पिटलबाट विभिन्न स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved