नेप्सेमा २ वटा लघुवित्तको शेयर कारोबार रोक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2022 | 11:00:28 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ वटा लघुवित्तको शेयर कारोबार रोक्का भएको छ । नेप्सेमा साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का भएको हो।

यी दुई कम्पनीले एकआपसमा मर्जमा जाने सम्झौता गरेसँगै शेयर कारोबार रोक्का भएको हो ।  शुक्रबार २ संस्थाबीच मर्जर समबन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा साना किसान विकास लघुवित्त वित्तीय संस्थाको तर्फबाट अध्यक्ष खेमबहादुर पाठक र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको तर्फबाट अध्यक्ष सुजाता जोशीले हस्ताक्षर गरेका छन् ।  १००ः८७ को स्वापमा २ संस्था मर्ज हुने प्रारम्भिक समझदारी भएको छ । अर्थात् आरएमडिसी लघुवित्तको हाल १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने संस्थाको ८७ कित्ता सेयर पाउनेछन्। यद्यपि अन्तिम स्वाप रेसियो डिडिए रिपोर्ट पछि मात्र आउने भएकोले सो समयसम्ममा स्वाप १००:९० सम्म कायम हुन सक्ने बताईएको छ ।

मर्जर पछि बन्ने कम्पनीको नाम साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमीटेड कायम हुने भएको छ। मर्जरपछि बन्ने संचालक समितिमा  दुबै संस्थाका संस्थापक समूहबाट २/२ जना, सर्वसाधारण समूहबाट १/१ जना र विशेषज्ञ सञ्चालक, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ ले व्यवस्था गरे बमोजिम १ जना नियुक्ति गर्ने सहमति भएको छ । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved