एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2022 | 11:16:34 AM मा प्रकाशित

laxmi  sunrise bank

एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज असोज २ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज ४ गते बुक क्लोज गर्ने निर्णय गरेको र  असोज ३ गते संविधान दिवसको सार्वजनिक विदा परेकोले आज असोज २ गते सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन त्तहा प्रस्तावित लाभांश पाउँन सक्ने छन्।

 कम्पनीले असोज १३ गते बिहिबार बाराको होटेल क्लासिक सिमरामा सभा आह्वान गरेको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीको साउन २० गते बसेको संचालक समितिको बैठकले  आ.व.२०७७/७८ को संचित नाफाबाट बितरण गर्नको लागि हाल कायाम चुक्ता पुंजी  २ अर्ब ५३ करोड ९८ लाख ३५ हजारको १४.५०प्रतिशतले हुन आउने ३६ करोड ८२ लाख ७६ हजार ७५ रुपैयाँ बराबरको बोनस शेयर  र  कर प्रयोजनको लागि ०.७६ प्रतिअशतले हुन आउने  १ करोड ९३ लाख ८२ हजार ९ सय ५१ रुपैयाँ नगद गरु कुल १५.२६ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो  ।  कम्पनीको बार्षिक साधारण सभाबाट पारित भएपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ। 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव: 

सामान्य प्रस्तावहरु:

१. संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने बारे ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष.२०७७/७८ (NFRS बमोजिम) आषाढ मसान्तसम्मको वासलात,नाफा/नोक्सान हिसाव, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धि संलग्न अनुसूचिहरु माथी
छलफल तथा पारित गर्ने बारे ।

३. संचालक समितिबाट प्रस्तावित ०.७६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि रु.१,९३,८२,९५१/- पारित गर्ने बारे।

४. आर्थिक वर्ष ०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

विशेष प्रस्तावहरु :

१. आर्थिक वर्ष २०७७/७८ सम्मको संचित नाफाबाट यस कम्पनीको चुक्ता पूँजी रु.२,५३९,८३५,०००/- को बोनश शेयर १४.५० प्रतिशत ले हुन आउने रु.३६,८२,७६,०७५/- दरले हुने बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने ।

२. उल्लेखित बोनश शेयर पश्चातको हदसम्म जारी तथा चुक्ता पूँजी वृद्धि गर्न स्वीकृती गर्ने बारे ।

३. विशेष प्रस्ताव अन्तर्गत नं.२ र ४ प्रस्तावको निर्णय कार्यान्वयनको लागि कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।

४. कम्पनीको हाल कायम पूँजी संरचनामा संस्थापक र सर्वसाधारण शेयरको ६०:४० अनुपातलाई श्री बीमा समितिको स्वीकृति पश्चात परिवर्तन गरी ५१:४९ प्रतिशत कायम गरी संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने र तदनुरुप प्रबन्धपत्रको दफा ६(२) संशोधन गर्ने प्रस्ताव पारित गर्ने । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved