नेप्सेको अधिकार खोसेर गोजीबाट ब्रोकर लाइसेन्स बाँड्दै जनार्दन शर्मा, चतुर हमाललाई बनाए हतियार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2022 | 03:45:15 PM मा प्रकाशित

laxmi  sunrise bank

ब्रोकर लाइसेन्स बाँड्न पाउने अधिकार खोसिएको छ। नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्सको लागि आफुहरुकोमा आबेदन दिनलाई आज एक सूचना जारी गरेसँगै ब्रोकर लाइसेन्स बाँड्न पाउने अहिलेसम्मको नेपाल स्टक एक्सचेन्ज नेप्सेको अधिकार सँधैको लागि खोसिएको हो। 

यस अघिसम्म ब्रोकर लाइसेन्सको लागि आबेदन खुलाउने  र आबेदकहरुसँग परिक्षा लिएर क्षमता र योग्यताको आधारमा नेप्सेले ब्रोकर लाइसेन्सका लागि धितोपत्र बोर्डलाई सिफारिस गर्थ्यो र सोहि अनुसार ब्रोकर लाइसेन्स वितरण हुन्थ्यो। 

तर नजिकिदो चुनावलाई मध्यनजर गर्दै फास्टट्रयाकबाट नियमावाली संसोधन गर्दै नेप्सेको अधिकार खोसेर नेपाल धितोपत्र बोर्डले पहिलो पटक आफैं ब्रोकर लाइसेन्स बाँड्ने बाटो बनाएको हो। जनार्दन शर्मा अर्थमन्त्री भएपछि पनि नयाँ ब्रोकर लाइसेन्सका लागि सम्पूर्ण प्रकृया सकेर नेप्सेले छनौट प्रकृया समेत तय गरेको थियो। परिक्षा लिने कि पुंजी पुर्याउनेलाई दिने भन्ने बिषयमा छलफल चल्दै गर्दा नियमावलीलै संसोधन गरेर 'चतुर' हमालले उक्त अधिकारि पनि नेप्सेबाट खोसेका हुन्। 

नयाँ ब्रोकर लाइसेन्सको लागि आबेदन दिनलाई आब्हान गरीएपनि  कतिवटालाई लाइसेन्स दिने र त्यसको छनौट प्रक्रिया र मापदण्ड के हुने भन्ने कहीं कतै उल्लेख छैन। यस्ले पनि आफुले अध्यक्षको रुपमा ल्याएका रमेश हमाललाई कागजात मिलाएर आफुले चाहेकालाई 'गोजी' बाट  नयाँ ब्रोकर दिने तयारीमा अर्थमन्त्री जनार्दन शर्मा रहेको पुष्टि हुन्छ। 

त्यसो त नयाँ ब्रोकर लाइसेन्सको लागि सार्वजनिक सूचना सुरु हुनु भन्दा झन्डै तीन महिनाअघि नै आफुहरुले ब्रोकर लाइसेन्स पाउने पक्का भएको भन्दै केहि व्यक्तिहरुले पहिल्यै बजारबाट पैसा समेत उठाईसकेका छन्। परिक्षा नदिई नयाँ लाइसेन्स पाइन्छ भन्ने उनीहरुको त्यो बेलाको कुरा आज सार्वजनिक भएको सूचनामा लाइसेन्स दिने छनौट प्रक्रिया नहुनुले पुष्टि गर्दछ।  

कतिवटा ब्रोकर लाइसेन्स दिन खोजिएको हो  र छनौट प्रकृया के हो भन्ने प्रश्नमा नेपाल धितोपत्र बोर्डका सह प्रवक्ता तथा सूचना अधिकारी टेज प्रसाद देबकोटाले तोकिएको पुंजी पुर्याउनेजतिलाई लाइसेन्स दिन खोजिएको भन्ने अस्पष्ट जवाफ दिए। कतिवटालाई कुन प्रकृयाबाट ब्रोकर लाइसेन्स दिने भन्नेबारे उनि समेत स्पष्ट छैनन्। 

बोर्डले आज (असोज २ गते) प्रकाशित गरेको सार्वजनिक सुचनाअनुसार ब्रोडले तीन प्रकारका ब्रोकर लाइसेन्स वितरण गर्नेछ। यसका लागि अलग अलग पुंजी तोकिएको छ।   सिमित ब्रोकर सेवा प्रदान गर्ने कम्पनीको लागि न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ तोकिएको छ । 

यस्तै, सिमित ब्रोकर सेवा सहित मार्जिन ट्रेडिङ, लगानी परामर्श र लगानी व्यवस्थापन सेवा पनि दिन चाहने ब्रोकरको चुक्ता पुँजी ६० करोड रुपैयाँ र स्टक डिलरको पनि कार्य गर्ने गरी ब्रोकर लाइसेन्स लिन चाहेमा त्यस्ता ब्रोकरलाई न्युनतम चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ तोकिएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved