जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको साधारणसभा आह्वान, आईपिओमा जाने तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2022 | 08:38:22 AM मा प्रकाशित

laxmi  sunrise bank

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले असोज २९ गते शनिवार आफ्नै रजिस्टर्ड कार्यालयमा एकसाथ आर्थिक वर्ष ७६/७७ र ७७/७८ को सभा आह्वान गरेको हो  । 

सभामा आ.व. ०७६/७७ र आ.व.०७७/७८ अवधिको सञ्चालक समितिको प्रतिवेदन उपर छलफल तथा पारित गर्ने, आ.व. ०७६/७७ र आ.व.०७७/७८ अवधिको वार्षिक आर्थिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफानोक्सानी हिसाब, नगद प्रवाह विवरण समेत उपर छलफल तथा अनुमोदन गर्ने, कम्पनी ऐन २०६३ को दफा ७८ को प्रतिवेदन समेत उपर छलफल तथा अनुमोदन गर्ने, र कम्पनीको प्रवन्ध पत्र तथा नियमावली संशोधन (नयाँ ढाँचामा लैजाने समेत) प्रस्ताव पेश हुने छ । 

सरकारी निकायमात्र शेयर सदस्य रहेको कम्पनीले आफ्नो शेयर संरचनामा सुधार र परिमार्जन गरी पूँजी वृद्धिका लागी सार्वसाधारणलाई शेयर निष्काशन गर्ने तयारी समेत गरेको छ । उक्त कम्पनीमा हाल नेपाल सरकारका साथै नेपाल औषधि लिमिटेड, वन पैदावर विकास समिति र कृषि विकास बैंक शेयर सदस्यका रूपमा रहेका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved