Election 2079 Worldcup 2022

कुमारी बैंकको सहायक कम्पनीले ब्रोकर लाईसेन्स लिने, पुँजी बढाउँन विशेष सभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2022 | 08:31:50 AM मा प्रकाशित

laxmi bank

कुमारी बैंकको सहायक कम्पनी केबिएल सेक्युरिटिज लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज २४ गते टंगाल स्थित कुमारी बैंकको रजिस्टर्ड कार्यालयमा विशेष साधारणसभा आह्वान गरेको हो ।

सभामा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पेश हुने छ । ब्रोकर समबन्धि सेवा प्रदान गर्ने उदेश्यले यो कम्पनी स्थापना भएको हो । नेपाल धितोपत्र बोर्डले ब्रोकरको लागि आवश्यक पर्ने पुँजी बढाएपछि सोहि अनुसार कम्पनीको पनि पुँजी बढाउँन कम्पनीले विशेष साधारणसभा आह्वान गरेको हो ।

कम्पनीको सभामा कम्पनीको अधिकृत पुँजी ५ करोडबाट बढाएर ६० करोड, जारी पुँजी २ करोडबाट बढाएर २० करोड, र चुक्ता पुँजी २ करोडबाट बढाएर २० करोड पुर्याउने प्रस्ताव पेश हुने छन्  । त्यस्तै सभामा आर्थिक वर्ष ७६/७७, ७७/७८ र ७८/७९ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाहको विवरण र अन्य वित्तीय विवरणहरु पेश गरि पारित गर्ने प्रस्ताव पेश हुने छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved