इस्टर्न हाइड्रोले स्थानीयलाई निष्काशन गरेको आईपिओ बाँडफाँड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2022 | 08:04:16 AM मा प्रकाशित

laxmi  sunrise bank

इस्टर्न हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावितलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले असोज ९ गते आइतबार शेयर बाँडफाँड गरेको हो । 

कम्पनीले भदौ ७ गतेदेखि  भदौ २८ गतेसम्म  भोजपुर जिल्लाका आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरेको थियो । कम्पनीले स्थानीयलाई ६ लाख २० हजार कित्ता साधारणसभा निष्काशन गरेको थियो । आईपिओमा रितपुर्वक आवेदन दिने स्थानीयलाई ५ लाख ६९ हजार ६ सय ९० कित्ता शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । स्थानीयले खरिद नगरेको ५० हजार ३ सय १० कित्ता सर्वसाधारणलाई थपेर निष्काशन हुने छ । आईपिओको नतिजा बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइटबाट हेर्न सकिने छ । 

नेपाल धितोपत्र बोर्डले इस्टर्नलाई साउन ९ गते शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । इस्टर्न हाइड्रोपावर कम्पनीले मङ्सिर २४ गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीय र आम सर्वसाधारणको लागि १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो ।

कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाटको पिखुवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै भोजपुर मै १४.१ मेगावटको इर्खुवा जलविद्युत आयोजनाको सर्भे गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved