आरविवि मर्चेन्ट बैंकिङको साधारणसभा आह्वान, ७.५ प्रतिशत लाभांश प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2022 | 08:11:02 AM मा प्रकाशित

laxmi  sunrise bank

आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज ३१ गते सोमबार राष्ट्रिय वाणिज्य बैंकको केन्द्रिय कार्यालय सिंहदरबारमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आव. २०७८/७९ को नाफाबाट कम्पनीको चुक्ता पुँजीको ७.५० प्रतिशत नगद लाभांश (कर सहित) बितरण गर्ने प्रस्ताव गरेको छ ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

 (१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आ.व. २०७८/७९ को कम्पनीको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने ।

(२) लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात र मिति २०७८/०४/०१ देखि मिति २०७९/०३/३२ सम्मको नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरि पारित गर्ने ।

(३) आव. २०७४/७९ को नाफाबाट कम्पनीको चुक्ता पुँजीको ७.५०% नगद लाभांश (कर सहित) प्रस्ताव पारित गर्ने ।

(४) आव, २०७९/८० को वाह्य लेखापरीक्षणको लागि लेखापरीक्षक नियुक्त गर्ने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved