हकप्रद निष्काशनको लागि हिमाल दोलखाले चयन गर्यो बिक्रि प्रबन्धक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2022 | 04:11:35 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमाल दोलखा हाईडोपावर कम्पनीले हकप्रद निष्काशनको लागि बिक्रि प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले  लक्ष्मी क्यापिटल मार्केटलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

 सम्झौतापत्रमा हिमाल दोलखा हाईडो पावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष रन्जना दाहाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  राजिव सापकोटाले हस्ताक्षर गरेका छन् । 

हिमाल दोलखाले  हालको  पुँजी १,६०,००,००,०००  को प्रति शेयर अंकित रु १००÷– को दरले १ कित्ता शेयरको ०.७५ प्रतिशत को अनुपातमा १,२०,००,०००÷– कित्ता हकप्रद शेयर निकाष्शन गर्न लागेको हो । कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वडा न.९ र १० मा माई खोला साना जलविद्युत आयोजना (४.५ मेगावाट) र माई नगरपालिका वडा न ९ मा रहेको माई साना क्यासकेड जलविद्युत आयोजना (८ मेगावाट) हाइडोपावर संचालन गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved