सानिमा माई हाइड्रोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2022 | 08:12:42 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा माई हाइड्रोपावर लिमिटेड  Sanima Mai Hydropower को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज १२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज असोज ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।  

 कम्पनीले कार्तिक २ गते काठमाडौँको धुम्बाराही स्थित स्मार्ट दरबार ब्यांक्वेटमा साधारणसभा आह्वान गर्ने निर्णय गरेको छ।  सभामा लाभांश सहित विविध प्रस्ताव पेश हुने छन्  ।

कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ५.२६३२ प्रतिशतले हुन आउने १६ करोड २५ लाख ८९२ हजार १ सय ५८ रुपैयाँ बराबरको नगद लाभांश बितरण गर्ने पस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

 यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

१. एघारौं वार्षिक साधारणसभाको लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ साल आषाढ मसान्त सम्मको वासलात, आ.व. २०७८/७९ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तिय विवरणसँग सम्बद्ध अनुसूचीहरु समेत छलफल गरी पारित गर्ने।

३. लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम आ. व. २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्ती गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने ।

४. सञ्चालक समितिले सिफारिस गरे बमोजिम कम्पनीका शेयरधनीहरुलाई आ.व. २०७८/०७९ को वितरण योग्य खुद मुनाफाबाट चुक्ता पूँजीको ५.२६३२% नगद लाभांश (कर सहित) वितरण गर्ने ।

५. सञ्चालक समितिको बैठक भत्ता वृद्धि गर्ने ।

६. विविध।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved