नेप्सेमा कुमारी बैंक र एनसीसी बैंकको शेयर कारोबार रोक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2022 | 10:36:00 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा थप २ वटा वाणिज्य बैंकको शेयर कारोबार रोक्का भएको छ । नेप्सेमा कुमारी बैंक र एनसीसी बैंकको शेयर कारोबार रोक्का भएको हो ।

यी दुई बैंकबीच सोमबार मर्जर सम्बन्धि सम्झौतामा हस्ताक्षर भएसँगै नेप्सेमा कारोबार रोक्का भएको हो।  सम्झौतामा  कुमारी बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवाली र एनसीसीको तर्फबाट मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोलाले हस्ताक्षर गरेका छन्। दुई बैंक १:१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् ।

सम्झौता अनुसार मर्जरपछि बन्ने बैंकको नाम कुमारी बैंक रहने छ भने मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल रहने छन्। अर्याल हाल एनसीसीका सीइओ छन्। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved