नागरिक लगानी कोषले हिमाल दोलखाको हकप्रद शेयरको प्रत्याभूति गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2022 | 05:11:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयरको प्रत्याभूति गर्ने भएको छ । कोष र हाइड्रोपावर कम्पनीबीच आज प्रत्याभूति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

कम्पनीको हाल कायम चुक्ता पुँजी रु एक अर्ब ६० करोडको ७५ प्रतिशतले हुने रु एक अर्ब २० कारोडको एक करोड २० लाख कित्ता हकप्रद शेयरको प्रत्याभूति कोषले गर्नेछ । सोसम्बन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र दोलखा हाइड्रोपावरका तर्फबाट अध्यक्ष रञ्जना दाहालले हस्ताक्षर गरेका छन् ।

हिमाल दोलखाले हाल कायम चुक्ता पुँजी रु एक अर्ब ६० करोडको ७५ प्रतिशतले हुने रु एक अर्ब २० कारोडको एक करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले हकप्रद निष्काशनको लागि लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved