बिओके क्यापिटलको साधारणसभा आह्वान, ५.७९ प्रतिशत लाभांश प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2022 | 11:59:12 AM मा प्रकाशित

laxmi  sunrise bank

बिओके क्यापिटल मार्केट लिमिटेडले  साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक ४ गते शुक्रबार नक्साल स्थित आफ्नै केन्द्रिय कार्यालयमा सभा  आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आव. २०७८/७९ को नाफाबाट कम्पनीको चुक्ता पुँजीको ५.७९ प्रतिशत नगद लाभांश (कर सहित) बितरण गर्ने प्रस्ताव गरेको छ । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :

सामान्य प्रस्तावहरू:

१. अध्यक्षज्यूको मन्तव्य तथा संचालक समितिको प्रतिबेदन आर्थिक बर्ष २०७८/७९ उपर छलफल गरी पारित गर्ने।

२. लेखापरीक्षकको प्रतिबेदन सहितको आ.व. २०७८/७९ को बार्षिक आर्थिक विवरण (आसाढ मसान्त २०७९ को वासलात, आ.ब. २०७८/७९ को नाफा-नोक्सान हिसाब र सोही अबधिको नगद प्रवाह विवरण, नाफा-नोक्सान बाँडफाँड हिसाब लगायत बार्षिक आर्थिक विवरणसँग सम्बद्द अनुसूचिहरु) उपर छलफल गरी पारित गर्ने ।

३. संचालक समितीले प्रस्ताव गरे अनुरुप कम्पनीको चुक्ता पूँजीको ५.७९ प्रतिशतका दरले हुने नगद लाभांश रु.१,२१,५९,०००/- (नगद लाभाशंमा लाग्ने कर समेत) वितरण गर्न स्विकृती प्रदान गर्ने ।

४. संचालक समितिको सिफारिस अनुरुप कम्पनीको आर्थिक बर्ष २०७९/८० को लेखापरीक्षण गर्नका लागि बाह्य लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved