भुजुङ हाइड्रोले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा कुमारी क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2022 | 04:49:57 PM मा प्रकाशित

laxmi  sunrise bank

 भुजुङ हाइड्रोपावर लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ  । कम्पनीले शेयर निष्काशनको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा भुजुङ हाइड्रोपावरका तर्फबाट कार्यकारी सञ्चालक खेम राज जोशी तथा कुमारी क्यापिटलका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । कम्पनीले प्रति शेयर १०० रूपैयाँ अंकित दरको ५ लाख ८५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। हाल भुजुङ हाइड्रोपावर लिमिटेडको अधिकृत पूँजी रु. ५० करोड रूपैयाँ, जारी पूँजी रु. ४३ करोड रूपैयाँ, र चुक्ता पूँजी रु. ३२.७२५ करोड रूपैयाँ रहेको छ । 

सन् २०१५ मा स्थापित भुजुङ हाइड्रोपावरले ७.५ मेगावा क्षमताको रन अफ रिभर प्रकारको अपर मिडिम हाइड्रोपावर प्रोजेक्ट विकास गरिरहेको छ । आयोजनाको कुल लागत रु. ३९ करोड रहेको छ भने कम्पनिले आयोजनाको कुल लागतको १५% अर्थात रु. ५.८५ करोडको साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । यो आयोजना नेपालको लामजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकामा अवस्थित छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved