Election 2079 Worldcup 2022

सनराईज क्यापिटलद्वारा २५ प्रतिशत लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2022 | 06:37:36 PM मा प्रकाशित

laxmi bank

सनराईज क्यापिटलले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ११ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८÷०७९ को मुनाफाबाट २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश कम्पनीको आगामी १२औँ वार्षिक साधारणसभा सम्पन्न भई पारित भए पश्चात वितरण हुनेछ ।

कम्पनीले हाल शेयर निष्काशन, १८ वटा कम्पनीको शेयर रजिष्ट्रार कार्य, लगानी ब्यवस्थापन सेवा, शेयर प्रत्याभुति लगायत सनराईज सामूहिक लगानी कोष अन्तर्गत सनराईज फष्ट म्युचुअल फण्ड र सनराईज ब्लूचीप फण्ड गरी २ वटा बन्दमुखी योजना संचालन गर्दै आएको छ ।

कम्पनीले निकट भविष्यमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भए पश्चात थप १ बन्दमुखी सनराईज फोकस्ड इक्यूटि फण्ड संचालन गर्ने योजना रहेको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved