गुराँस लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2022 | 08:26:13 AM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक ४ गते तिनकुने स्थित आफ्नै प्रधान कार्यालयमा सभा आह्वान गरेको हो । 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी २ अर्ब ८ करोड रुपैयाँको ७.४४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३९१७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।  कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

कम्पनीले  युनियन लाइफ र प्राइम लाइफ सँग मर्जरको लागि सम्झौता गरेसँगै कम्पनीको कारोबार रोक्का छ । कम्पनीका अनुसार असोज २५ गतेसम्म कायाम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

कम्पनीको सभामा कम्पनीको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, पारित गर्ने प्रस्ताव पेश हुने छ । त्यस्तै लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पेश हुने छ ।

साथै मर्जरको लागि हालसम्म भएका गरेका कार्य अनुमोदन गर्ने, मर्जरको लागि बाँकि कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधन गर्नु परे संचालक समितिलाई अख्तियारी दिने लगायतका विशेष प्रस्ताव पनि सभामा पेश हुने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved