विदेशमा प्रयोग भईरहेको टिएमएस चलाउन ३४ वटा ब्रोकरले पाए एलओआई, अधिकांशको रोजाईमा एट्राड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2022 | 11:23:29 AM मा प्रकाशित

laxmi  sunrise bank

हाल कायम रहेका ५० मध्ये ३४ वटा शेयर ब्रोकरहरुले विदेशमा प्रयोग भईरहेको कारोबार ब्यबस्थापन प्रणाली (टिएमएस) प्रयोग गर्ने भएका छन् । विदेशमा प्रयोग भईरहेको टिएमएस प्रयोग गर्न इच्छुक रहेका ३४ वटै कम्पनीले नेपाल स्टक एक्सचेन्ज नेप्सेबाट एलओआई अर्थात्  ‘लेटर अफ इन्टेन्ट’ पाएका छन् ।

नेप्सेका अनुसार हिजो बुधबार र अस्ति मंगलबार यी कम्पनीलाई एलओआई  प्रदान गरिएको हो । नेप्से प्रवक्ता मुराहरी पराजुलीका अनुसार अब ति कम्पनीले १ महिना भित्र आवश्यक पूर्वाधार तयार पारेर नेप्सेलाई जानकारी गराउनु पर्ने छ । उनीहरुले तयार पारेको पूर्वाधारको नेप्सेले निरीक्षण गरेर उपयुक्त देखेमा नेप्सेले उनीहरुलाई उनीहरुले चाहेको टिएमएस चलाउनको लागि आवश्यक शैदान्तिक सहमति प्रदान गर्ने छ । साथै एपिआई डकुमेन्ट पनि प्रदान गर्ने छ  । त्यसपछि नेप्सेसँग टिएमएस चलाउनको लागि सम्झौता गर्नु पर्ने छ । त्यसपछि प्रणालीको परिक्षण गरि तेस्रो पक्षबाट अडिट गराउनु पर्ने छ । अडिट गरेको प्रमाणपत्र नेप्सेमा पेश गरेपछि बल्ल नेप्सेले प्रणाली जडान गर्न अनुमति दिने छ र ब्रोकरले आफ्नै टिएमएस चलाउन सक्ने छन् । 

धितोपत्र कारोवार सञ्चालन(तेस्रो संशोधन)विनियमावली, २०७९ ले ब्रोकरहरुले आफ्नै टिएमएस चलाउन सक्ने ब्यबस्था गरेपछि ३४ ब्रोकरहरुले विदेशमा प्रयोग भईरहेको टिएमएस संचालनमा ल्याउने तयारी गरेका हुन् । बाँकि रहेका १६ ब्रोकर कम्पनी र नागरिक स्टक डिलरले भने नेप्सेले प्रदान गरिरहेको टिएमएस चलाउन निवेदन दिएका छन् ।

आफ्नै टिएमएस चलाउन निवेदन दिएका ३४ मध्ये ३२ ब्रोकरले श्रीलंकाको कम्पनी आईरन वान टेक्नोलोजी प्रालिले विकास गरेको टिएमएस  ल्याउन चाहेका हुन्  । आईरन वान टेक्नोलोजी प्रालिले बनाएको एट्राड नामको टिएमएस ल्याउन खोजेका हुन् । उक्त टिएमएस श्रीलंकाको कोलम्बो स्टक एक्सचेन्जका ब्रोकरहरुले चलाईरहेका छन् । त्यहाँका २६ ब्रोकर मध्ये १८ वटाले यो टिएमएस चलाई रहेका छन्। यो टिएमएस डेस्कटप, वेब, मोबाइल भर्जनमा उपलब्ध रहेको बताईएको छ । यसमा २४ सै घण्टा सपोर्टको ब्यबस्था रहेको बताईएको छ । 

एट्राड टिएमएस प्रयोग गर्न आवेदन दिएकाहरुमा सेक्युर्ड सेक्युरिटिज लि, एबीसि सेक्युरिटिज प्रा.लि, त्रिशक्ति सेक्युरिटिज पब्लिक लि., नेपाल स्टक हाउस प्रा.लि, डाइनामिक मनि मेनेजरस सेक्युरिटिज प्रा.लि, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा.लि, सुन्धारा सेक्युरिटिज लि, निभ सेक्युरिटिज प्रा.लि, दिपशिखा धित्तोपत्र कारोबार कं.प्रा. लि, स्वेता सेक्युरिटिज प्रा.लि, क्रिष्टल कञ्चनजंघा सेक्युरिटिज प्रा.लि, साउथ एशियन बुल्स प्रा.लि, क्रियटिभ सेक्युरिटिज प्रा.लि, कालिका सेक्युरिटिज प्रा.लि, दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज (प्रा).लि, इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल प्रा.लि, अग्रवाल सेक्युरिटिज प्रा.लि, सेवा सेक्युरिटिज प्रा.लि, प्रज्ञान सेक्युरिटिज प्रा.लि, अनलाईन सेक्युरिटिज प्रा.लि, भृकुटी स्टक ब्रोकिङ्ग कं.प्रा.लि, अरुण सेक्युरिटिज प्रा.लि, स्टक ब्रोकर ओपल सेक्युरिटिज इन्भेष्टमेण्ट प्रा.लि, मार्केट सेक्युरिटिज एक्स्चेञ्ज कं.प्रा.लि, आशुतोष ब्रोकरेज एण्ड सेक्युरिटिज प्रा.लि, स्वर्णलक्ष्मी सेक्युरिटिज प्रा. लि., नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज ट्रेडिङ्ग प्रा.लि. , त्रिशुल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट लि., सुमेरु सेक्युरिटिज प्रा.लि, लिन्च स्टक मार्केट लि., दिव्या सेक्युरिटिज एण्ड स्टक हाउस प्रा.लि, र अक्सफोर्ड सेक्युरिटिज प्रा.लि रहेका छन् । 

नासा सेक्युरिटिज कं.लि र कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा.लिले भने भारतको टिएमएस ल्याउन चाहेका छन् ।  उनीहरुले भारतको डिओन ग्लोबल सोलुसनले विकास गरेको टिएमएस ल्याउन खोजेका छन् । यो टिएमएस भारतका शेयर ब्रोकरहरुले प्रयोग गरिरहेका छन् ।

माथि उल्लेखित भन्दा बाहेक ब्रोकर र नागरिक स्टक डिलरले भने नेप्से कै टिएमएस प्रयोगको लागि आवेदन दिएका छन्  । हाल पनि उनीहरुले नेप्से कै टिएमएस प्रयोग गरिरहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved