एशियन लाईफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2022 | 02:03:50 PM मा प्रकाशित

laxmi  sunrise bank

एशियन लाईफ इन्स्योरेन्सको चौधौंं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीले सिमरा बारास्थित क्लासिक प्लाजा होटलमा आज बिहिबार साधारणसभा सम्पन्न गरेको हो।

सभाले संचालक समितिको तर्फबाट अध्यक्ष दिपक कुमार श्रेष्ठले पेश गरेको आ.व.२०७७÷०७८  को वार्षिक प्रतिवेदन अनुमोदन गरेको छ । त्यस्तै सभाले विशेष प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७७/७८ सम्मको संचित नाफाबाट चुक्ता पूँजी रु.२,५३९,८३५,०००।– को १४.५० प्रतिशतले हुन आउने रु.३६,८२,७६,०७५।– दरले हुने बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै बोनश शेयर पश्चातको हदसम्म जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाले संचालक समितिबाट प्रस्तावित ०.७६५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) रु.१,९३,८२,९५१।– प्रस्ताव समेत पारित गरेको छ ।

 कम्पनीको हाल कायम पूँजी संरचनामा संस्थापक र सर्वसाधारण शेयरको ६०ः४० अनुपातलाई श्री बीमा समितिको स्वीकृति पश्चात परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गरी संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने प्रस्ताव पारित गरेको छ ।  साधारण सभाले कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्तावलाई समेत पारित गरेको छ ।

 साथै साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष.२०७७÷७८९ल्ँच्क् बमोजिम० आषाढ मसान्तसम्मको  वासलात, नाफा÷नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धि संलग्न अनुुसूचिहरु माथी छलफल सहित पारित गरेको छ । आर्थिक वर्ष ०७८÷७९ को लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पारित गरेको छ । 

 २०६४ साल चैत्र २१ गतेदेखि कारोबार संचालन गरेको यस कम्पनीको आ.व. २०७८÷७९ असार मसान्त सम्ममा रु.३२ अर्ब जीवन बीमा कोष र करिब रु.३० अर्ब लगानी तथा कर्जा रहेकोे छ । त्यसैगरी कम्पनीले आ.व. २०७८÷७९ को असार मसान्तसम्ममा कूल रु.२ अर्ब २३ लाख प्रथम बीमाशुल्क र रु.६ अर्ब ९६ करोड ६८ लाख ३८ हजार कूल बीमाशुल्क आर्जन गरेको छ । यस कम्पनीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ४७ वटा शाखा तथा १०४ वटा उपशाखाहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved