पिपुल्स हाइड्रोपावरको आईपिओ भर्ने म्याद थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2022 | 08:16:23 AM मा प्रकाशित

laxmi  sunrise bank

पिपुल्स हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने म्याद थपिएको छ । कम्पनीले भदौ ३१ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आईपिओ निष्काशन गरेको हो 

कम्पनीले आयोजना प्रभावित लमजुङ जिल्लाका स्थानीयको लागि आईपिओ निष्काशन गरेकोमा आयोजना प्रभावितले अब असोज ३० गतेसम्म आवेदन दिन सक्ने छन्  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ ।  शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय स्थायी बासिन्दाहरुलाई  ३२ लाख कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा नं. ६ र ७ (तत्कालिन ढोढेनी र फलेनी। गा.वि.स.) का स्थानीय बासिन्दाहरुका लागि ३० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता तथा लमजुङ्ग जिल्लाका स्थानीय बासिन्दाका लागि ७० प्रतिशत अर्थात २२ लाख ४० हजार कित्ता शेयर निष्काशन गरिएको छ। 

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट सर्बसाधारण र आयोजना प्रभावित स्थानीयलाई ८० करोड बराबरको ८० लाख बराबरको शेयर निष्काशनको लागि अनुमति पाएको छ  ।   कम्पनीले लमजुङमा ५४ मेगावाटको सुपर दोर्दी ख हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।  त्यस्तै कम्पनीले लमजुङ मै ५७ मेगावाट हिमचुली दोर्दी आयोजनाको लागि उत्पादन लाईसेन्सको लागि अनुमति माग गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved