हिमालयन रिइन्स्योरेन्सको साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2022 | 08:22:54 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन रिइन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले कार्तिक ४ गते शुक्रबार कम्पनीको दोस्रो साधारणसभा गर्न लागेको हो ।

सभामा साधारण प्रस्ताव अन्तर्गत  संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्धारा प्रस्तुत आ.व. २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आ.व. २०७८/७९ को लेखा परीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने,  आ.व. २०७९/८० का लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक तोक्ने र संचालकको पारिश्रमिक, भता तथा सुविधा निर्धारण गर्ने प्रस्ताव पेश हुने छ।

त्यस्तै विशेष प्रस्ताव अन्तर्गत प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य गर्न संचालक समितिलाई आवश्यक सम्पूर्ण अधिकार प्रत्यायोजन गर्ने , शोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै फेरवदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनुसार गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुने छ।

  कम्पनीको चुक्ता पुंजी १० अर्ब रहेको छ   जस मध्ये संस्थापकहरुको ७ अर्ब र सर्वसाधारणको ३ अर्ब रहने छ । अर्थात् कम्पनीले ३ अर्बको आईपिओ निष्काशन गर्ने छ   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved