धितोपत्र बोर्डका १६ जना कर्मचारीको बढुवा हुँदै, कुन तहका कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2022 | 09:06:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले  १६ जना कर्मचारीको बढुवाको लागि सूचना प्रकाशन गरेको छ । बोर्डले कार्यक्षमता मुल्यांकनको आधारमा बढुवा गर्नको लागि दरखास्त आह्वान गरेको हो ।

बोर्डले कार्यकारी निर्देशक पदमा २ जना, उप कार्यकारी निर्देशक पदमा २ जना, प्रशासन समुहको निर्देशकमा ६ जना, कानुन समुहको निर्देशकमा १ जना, लेखा समुहको निर्देशकमा १ जना, सूचना प्रविधि समुहको निर्देशकमा १ जना, प्रशासन समुहको सहायक निर्देशकमा २ जना, र प्रशासन समुहको बरिष्ठ सहयक पदमा १ जनाको बढुवा गर्न लागेको हो । बोर्डले लोक सेवाको सहमतिमा कर्मचारीको बढुवा गर्न लागेको हो । बोर्डले सूचना प्रकाशन भएको मितिले ३० दिन भित्र योग्य तथा इच्छुक आवेदकलाई आवेदन दिन आग्रह गरेको छ। 

बोर्डमा कार्यकारी निर्देशक विभागीय प्रमुखको रुपमा रहने गरेका छन् ।  त्यस्तै उप कार्यकारी निर्देशकहरु महाशाखा प्रमुखको रुपमा हुन्छन्।  हाल कार्यकारी निर्देशकमा ३ जनाको र उपकार्यकारी निर्देशकमा ८ जनाको दरबन्दी छ।  त्यस्तै बोर्डका निर्देशकहरु शाखा प्रमुखको रुपमा  रहने ब्यबस्था छ । बोर्डमा कर्मचारीको बढुवा नहुँदा अधिकांश कर्मचारीले कामुको भरमा काम गरिरहेका छन्  ।

हाल बोर्डमा डा. नवराज अधिकारी र विनय देव आचार्य कार्यकारी निर्देशक छन्  । मुक्तिनाथ श्रेष्ठ र कृष्णराज पोखरेल कामु कार्यकारी निर्देशकको रुपमा कार्यरत छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved