नेप्सेमा नेपाल ल्युब ओइल लिमिटेडको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2022 | 11:06:14 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल ल्युब ओइल लिमिटेड Nepal Lube Oil Limited  को शेयर मूल्य समायोजन भएको छ । कम्पनीको २५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।

समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता २२७ रुपैयाँ ३६ पैसा कायम भएको छ । समायोजनअघि कम्पनीको शेयर मूल्य प्रति कित्ता २८४ रुपैयाँ २० पैसा रहेको थियो । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि आज बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो ।  कम्पनीले साधारणसभा  प्रयोजनार्थ असोज १४ गतेदेखि असोज २८ गतेसम्मका लागि लागि बुक क्लोजको मिति समेत तय गरेकोले असोज १३ गतेसम्म कायम सेयरधनीहरुले कम्पनीको साधारणसभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्ने छन्। 

कम्पनीले असोज २८ गते साधारणसभा डाकेको छ । साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीको असोज ४ मा बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७८/७९  को मुनाफाबाट २५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरि कुल ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउँन सक्ने छन्।

कम्पनीको सभामा संचालक समितिको प्रतिवेदन पारित गर्ने,  वित्तीय विवरणहरु पारित गर्ने, लाभांश स्वीकृति गर्ने, लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, कम्पनीको पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved