ङादी ग्रुप पावरको लिलामीको शेयरको कटअफ मूल्य तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2022 | 12:59:33 PM मा प्रकाशित

laxmi  sunrise bank

ङादी ग्रुप पावर लिमिटेडले लिलामीमा ल्याएको शेयरको कटअफ मूल्य तय भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार सर्वसाधारण समुहतर्फको शेयरको कटअफ मूल्य १६१ रुपैयाँ कायम भएको छ ।

अर्थात् लिलामीको शेयरमा १६१ वा सो भन्दा बढी रकम कबुल गरेर आवेदन दिनेले कम्पनीको शेयर पाउने छन् । कम्पनीले असोज २ गतेदेखि असोज १३ गतेसम्म  हकप्रदमा अवितरित सर्वसाधारण समुहतर्फको १२ लाख ५७ हजार २ सय ९० कित्ता शेयर लिलाम गरेको थियो । आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने ब्यबस्था थियो ।  

 कम्पनीले  साउन १८ गतेदेखि  भदौ ७ गतेसम्म हकप्रद  बिक्रि खुला गरेको थियो। कम्पनीले हाल कायम चुक्ता पुँजी ७० करोड ६९ लाख ३२ हजार ४ सय रुपैयाँको १:१.५ को अनुपातमा अर्थात् १५० प्रतिशत हकप्रदले हुन आउने १ करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । 

May be a cartoon of text that says 'AU CTOON ALERT Ngadi Group Power Limited CUT-OFF PRICE: RS.161/- Issue Open Date 2079/06/02 Auction Date 2079/06/24 Issue Close Date 2079/06/13 Siddhartha Capital CapitLimed Investing appiness Contact Now 9847695005/8 cl@siddharthacapital.com'

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved