राधी विद्युत कम्पनीको हकप्रद भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2022 | 08:00:59 AM मा प्रकाशित

राधी विद्युत कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रदमा आवेदन दिने आज असोज २५ गते अन्तिम दिन रहेको छ । कम्पनीले असोज ५ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीकाे १:१.४७५२ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा १०० प्रतिशतले हुन आउने९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता कित्ता हकप्रद सेयर निष्कासन गरेकाे हाे ।

कम्पनीले हकप्रद प्रयोजनका लागि भदौ १२ गते एक दिन बुकक्लोज गरेकाे थियाे । त्यसैले, भदाै १० गते, शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रदमा असोज २५ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।




Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved