सिभिल बैंकद्वारा ऋणपत्रको ब्याज भुक्तानी गर्ने मिति परिवर्तन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2022 | 08:27:36 AM मा प्रकाशित

laxmi sunrise bank

सिभिल बैंकले आफ्नो ऋणपत्रको ब्याज भुक्तानी गर्ने मिति परिवर्तन गरेको छ । बैंकले १०.२५ प्रतिशत सिभिल बैंक डिबेञ्चर २०८८ को ब्याज भुक्तानीको मिति परिवर्तन गरेको हो ।

बैंकले यस अघि  व्याज भुक्तानी त्रैमासिक रुपमा प्रत्येक पौष १५, चैत्र १५, असार १५ र आश्विन १५ मा गर्दै आएको थियो । अब भने व्याज भुक्तानी प्रत्येक त्रैमास अवधी समाप्तिको पछिल्लो कार्य दिनमा हुने बैंकले जनाएको छ । अर्थात् बैंकले श्रावण, कात्तिक, माघ र वैशाख महिनाको पहिलो कार्य दिनमा ब्याज भुक्तानी गर्ने छ ।

नेपाल धितोपत्र बोर्डको स्विकृति अनुसार ब्याज भुक्तानीको मिति परविर्तन गरिएको बैंकले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved